बुखेल अमलाबोटमा सयपत्री आमा समूहका ४० जनालाई न्यानो कपडा वितरण सम्पन्न

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.१ बुखेल अमलाबोटस्थित सयपत्री आमा समूहमा आवद्ध ४० जना आमाहरुको सम्मानमा मंगलबार लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा गोदावरी न.पा.-१२ ठेचोकी सामाजिक अभियन्ता निर्मला क्षेत्रीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण समारोह सम्पन्न भएको छ ।

वडाध्यक्ष एवं समारोहका प्रमुख अतिथि वडाध्यक्ष रामप्रसाद घिमिरेले समूहका सदस्यहरुलाई न्यानो कपडा वितरण गर्नु भएको थियो ।

समारोहमा सयपत्री आमा समूहकी प्रतिनिधिहरु साइलीमाया बम्जन,फुलकुमारी ङेसुर,सुश्मिता थिङ,टल्कीमाया घिसिङ,सरस्वती तिमल्सिना लगायतका पदाधिकारीहरुको सहभागिता रहेको समूहकी प्रतिनिधि सुश्मिता थिङ तामाङले बताएकी छिन् ।

लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा सयपत्री आमा समूहका आमाहरुलाई न्यानो कपडा ओढ्ने,पोशाक र मंगलबार न्यानो कपडा गरि तीन पटक औपचारिक समारोह सम्पन्न गरेको प्रबन्ध निर्देशक श्याम तामाङले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

२६औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुने

पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो। क्लबले २६

पाँच वर्षको कोरिया बसाई पछि, हजारौँ सम्झना सहित स्वदेश फर्किँदै टाइसन राजु

जीवन सधैँ आफूले सोचेझैँ सहज हुँदैन। कहिलेकाहीँ आफ्ना रहरहरूलाई थाती राखेर अरूको खुसीका लागि बाँच्नुपर्छ । मनभित्र हजारौँ पीडा लुकाएर पनि ओठमा

तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा सहित सम्पन्न

३ कार्तिक, पोखरा । तमु प्ये ल्हु संघको ३६औँ स्थापना दिवस विविध पूजाआजा तथा धार्मिक विधिहरूका साथ श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ। २०८३ कार्तिक ३

↑